बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ४ फलेडी बस्ने अन्दाजी २७ बर्षीय गोमा नेगीको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिका १ कोपीखेतमा आफ्ना आफन्त जानकी धानुकको घरायसी काममा सघाउन गएकी गोमा खर काट्ने क्रममा भिरबाट लडेर बुधबार दिउँसो गम्भीर घाइते भएकी थिइन् ।

गोमालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बुधबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतक गोमाको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.