पिपिएल क्रिकेट: क्वाटरफाइनल पुग्ने तीन टोलीको टुंगो

नागेश्वर क्रिकेट क्लब बैतडीमा जारी तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको क्वाटरफाइनल पुगेको छ। बिहीबार सम्पन्न खेलमा दिपचन क्रिकेट क्लबलाई पराजित गर्दै नागेश्वर क्वाटरफाइनल पुगेको हो। योसंगै क्वाटरफाइनल पुग्ने तीनटोलीको टुंगो लागेको छ। यसअघि टिम क्वालिटी कैलपाल र मेलौली नगरपालिका अन्तिम आठमा सुरक्षित भइसकेका छन्।

श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर ब्याटिङ गरेको नागेश्वरले १५ ओभरमा २०५ रन बनायो। नागेश्वरका सुनिल तामाङले ९७ रन बनाए। २०६ रनको विशाल लक्षका साथ मैदान उत्रेको दिपचनले १५ ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो। दिपचनका केशवले ४८ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। नागेश्वरका सुनिल म्यान आफ द म्याच चुनिएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा कात्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave A Reply

Your email address will not be published.