क्रिकेट संघले टिकटबाट उठेको ५० प्रतिशत रकम भूकम्पपीडितलाई दिने

आईसीसी विश्वकप टी–२० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ती जारी गर्दै सो घोषणा गरेको हो । नेपाल र ओमनबीच त्रिवि मैदानमा आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
गए राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परी सयौं मानिसले ज्यान गुमाएका छन् भने थुप्रै संख्यामा घाइते भएका छन् ।

यसका साथै क्यानले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Leave A Reply

Your email address will not be published.