डडेल्धुराको अजयमेरु ६ ले भलिबल प्रतियोगिता गर्दै, प्रथम हुने टिमलाई ७७ हजार
बैतडी । डडेल्धुराको अजयमेरु गाउँपालिका-६ मा सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता हुने भएको छ। वडा कार्यालयको आयोजनामा कात्तिक २३ गतेदेखि २५ गतेसम्म सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता हुने भएको हो ।
भलिबल प्रतियोगिताका लागि टिम दर्ता सुरु गरिएको छ भने टिम दर्ता शुल्क तीन हजार तीन सय ३३ राखिएको छ। वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ७७ हजार सात सय ७७, दोस्रो हुने टिमलाई ५५ हजार पाँच सय ५५, तेस्रो हुने टिमलाई ३३ हजार तीन सय ३३ र सान्तोना हुने टिमलाई ११ हजार एक सय ११ नगद पुरस्कार प्रदान गरिने छ।
सर्वोत्कृष्ट स्पाइकर, लिफ्टर र सेटरलाई तीन हजार तीन सय ३३ नगद प्रदान गरिने वडा अध्यक्ष भण्डारीले बताए। भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम चेतना मावि राजुलमा हुने बताइएको छ ।