सुदूरपश्चिम सरकारकाे भूकम्पपीडितलाई १ कराेड

बैतडी-जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा प्रभावित भएकाहरूको राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ प्रदान गर्ने भएको छ । उद्धार, राहत र पुनःस्थापनाका लागि सुदूरपश्चिम सरकारले उक्त रकम सरकारी कोषमा जम्मा गर्ने भएको हो |

यसमा साथै स्वास्थ्य उपचारमा सहयोग गर्न औषधिसहित २० जना स्वास्थ्यकर्मीको टोली धनगढीबाट भूकम्प प्रभावित क्षेत्रमा पठाईएकाे सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले जानकारी दिए। मन्त्री भट्टले थप सहयाेगकाे प्रतिबद्धता गर्दै याे विपद्काे समयमा अन्य निकायलाई पनि सहयाेग गर्न आग्रह गरेका छन्।

गएराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण ठुलाे धनजनको क्षति भएकाे छ।

यसका साथै सुदूरपश्चिम प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभकाे कामना पनि गरेकाे छ।

Leave A Reply

Your email address will not be published.