बैतडीको मेलौली–०१ मा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

बैतडी । मेलौली नगरपालिका–०१ मा प्रथम वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। वडा कार्यालयको आयोजनामा आजबाट प्रथम वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको वडा अध्यक्ष शरद सिह नेगिले बताए।

मेलौली नगरपालिका–०१ स्थीत बिठ्न्नेको खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको जनाईएको छ। जसमा वडा भित्रका ८ टिमको सहभागि रहेको अम्पायर लोकेन्द्र सिह नेगिले बताए।

प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, द्धित्तिय हुने टिमले १० हजार र तृतीय हुने टिमले ५ हजार पुरुस्कार प्राप्त गर्ने जनाईएको छ। वडा अध्यक्ष नेगिको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन गरिएको छ।

यसैगरी उद्घाटन समारोहका प्रमुख अतिथि मेलौली नगरपालिकाका नि–बर्तमान नगर प्रमुख कृष्ण सिह नायक, बिशिष्ट अतिथि जिल्ला क्रिकेट सघंका अध्यक्ष सुरत पार्कि, प्रदेश रेफ्रि किशोर सिह नेगि र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मुकेशकान्त दयाल, नेकपा एमालेका नेता जगदिश सिह नायक लगायत बिभिन्न राजनितिक दल, सघं संस्थाका ब्यक्ति र स्थानियहरुको बाक्लो उपस्थिती रहेको अम्पायर नेगिले बताए।

Leave A Reply

Your email address will not be published.