मेलौलीमा जेष्ठ नागरिक दौड सगै क्रिकेट र भलिबल प्रतियोगिता शुरू

बैतडी । मेलौली नगरपालिका-०७ मा आजबाट वडा स्तरीय खेलकुद प्रतियोगिताहरु शुरू भएका छन। चौथो वडा स्तरीय खुल्ला पुरुष टि–१० क्रिकेट प्रतियोगिता, महिला खुल्ला भलिबल सगै जेष्ठ नागरिक (१०० मिटर) दौड प्रतियोगिता सञ्चालन भएको वडा अध्यक्ष रामचन्द्र भट्टले बताए।

मणिलेक माध्यमिक बिद्यालयको प्राङ्गणमा प्रतियोगिताहरु सञ्चालन भएको जनाईएको छ। वडा स्तरीय खेलकुद बिकास समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिताहरु सञ्चालन भएको वडा स्तरीय खेलकुद बिकास समिति अध्यक्ष बिरेन्द्र चन्दँले बताए।

वडा स्तरीय खेलकुद बिकास समिति अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षता र मेलौली नगरपालिका नगर उप-प्रमुख पार्वती बोहरा बिष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको जनाईएको छ। यसैगरी उद्घाटन समारोहमा मेलौली नगरपालिका–०७ का वडा अध्यक्ष रामचन्द्र भट्ट बिशिष्ट अतिथि रहेका थिए। उद्घाटन समारोहमा बिभिन्न राजनितिक दलका ब्यक्ति, सघं संस्थाका प्रतिनिधि र स्थानियहरुको उपस्थिती रहेको जनाईएको छ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहेको वडा स्तरीय खेलकुद बिकास समिति अध्यक्ष चन्दँले बताए। टि–१० क्रिकेट प्रतियोगितमा प्रथम हुने टिमलाई १५ हजार र द्धित्तिय हुनेलाई १० हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने छ। म्यान अफ द सिरिजलाई २ हजार, बेष्ट ब्याट्सम्यानलाई १ हजार र बेष्ट बलरलाई पनि १ हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने जनाईएको छ।

यसैगरी महिला भलिबलमा प्रथम हुने टिमलाई १२ हजार, द्धित्तिय हुने टिमलाई ९ हजार र तृतीय हुने टिमलाई ६ हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष भट्टले बताए। जेष्ठ नागरिक दौड प्रतियोगितमा प्रथम हुने महिला पुरुष दुईटैलालाई ९ हजार, द्धित्तिय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सहभागि सबैलाई उचित पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिने बताईएको छ।

गत बर्ष समाजिक सञ्चालमा जेष्ट नागरिकहरुको दौड प्रतियोगिता हुने भनेपछि अधिकाशंले आलोचना समेत गरेका थिए भने केहिले समर्थन समेत गरेका थिए। जेष्ठ नागरिकको दौड प्रतियोगिता हुने भनेपछि सो वडाका जेष्ठ नागरिक उत्साहित तथा एकदमै आकर्षित हुँदै सहभागि भएका थिए भने हेर्ने दर्शकहरुको बाक्लो रुपमा भिड थियो।

प्रतियोगितलाई सम्पन्न गर्नमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन वडा अध्यक्ष भट्टले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.