अछाममा अरिङ्गालको टोकाइबाट महिलाकोे मृत्यु

अछाम-अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलका रबिन्द्र देउकरको श्रीमती ३५ वर्षीया सरस्वती देउकरको मंगलबार मृत्यु भएको हो।

मंगलबार दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा शरिर भरी एक्कासी अरिङ्गालले टोकेपछि उनी घाइते भएकी थिइन्। घाइते सरस्वतीको स्थानीय अस्पताल बयलपाटामा उपचारको क्रममा सोही साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको  छ।

Leave A Reply

Your email address will not be published.