पिपिएल क्रिकेट: मेलौली सेमिफाइनलमा प्रवेश

बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३) मा मेलौली नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। पाटन नगरपालिका ६को कृष्ण माविको खेलमैदानमा आज सम्पन्न क्वाटर फाइनलको खेलमा पाटन भ्यालीमाथि १० विकेटले जित दर्ता गर्दै मेलौली सेमिफाइनलमा प्रवेश गरेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।

पाटन भ्यालीले दिएको ६६ रनको सामान्य लक्ष मेलौलीले बिना विकेटको क्षतिमा ५.५ ओभरमा भेट्टाएको हो। मेलौलीका अभिषेक पालले ३७ र नरेन भट्टले २८ रनको पारी खेलेका हुन् ।

यसअघि टस जितेर व्याटिङ गरेको पाटन भ्यालीले १४.१ बलमा अलआउट हुदै ६५ रन मात्रै बनाउन सक्यो। पाटन भ्यालीका खगेन्द्र जोशीले १२ तथा दिपेन्द्र भण्डारीले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। मेलौलीका भोजराज भट्ट र मंगेस दयालले समान तीनतीन विकेट लिए। भोजराज म्यान आफ द म्याच चुनिए।

Leave A Reply

Your email address will not be published.