मेलौली १ को वडा स्तरीय क्रिकेटः आज चार खेल सम्पन्न

बैतडी । मेलौली नगरपालिका–०१ मा जारी प्रथम वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता अन्र्तगत आज चार खेल सम्पन्न भएका छन। पहिलो खेल झुसिल क्रिकेट टिम र बग्जेबला क्रिकेट टिम बिच भएको थियो। जसमा झुसिल क्रिकेट टिमले जित हासिल गरेको थियो।

यसैगरी दोस्रो खेल मेलौली क्रिकेट टिम र बग्जेबला क्रिकेट टिम बिच भएको थियो। जसमा मेलौली क्रिकेट टिमले १५४ रनको लक्ष्य दिएको थियो। बग्जेबला क्रिकेट टिम ८५ रनमा अल आउट हुदा मेलौली क्रिकेट टिमले जित हासिल गरेको म्याच रेफ्रि हरिसिह नायकले जानकारी दिए।

तेस्रो खेल न्यू सिराड र झुसिल बिच भएको थियो। पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर न्यू सिराडले ८५ रनको लक्ष्य दिएको थियो। जसमा झुसिलले ७ ओभरमा लक्ष्य प्राप्त गरि बिजय हासिल गरेको जनाईएको छ।

अन्तिम खेल दयाल स्पोर्ट र तल्लागाँउ बिच भएको थियो। पहिला ब्याटिङ गर्दै दयाल स्पोर्टले १३३ रनको लक्ष्य दिएको दिएको थियो। जसमा तल्लागाँउ ८५ रनमा आउट भई दयाल स्पोर्टले जित हासिल गरेको वडा अध्यक्ष शरद सिह नेगिले बताए।

प्रतियोगिता मेलौली नगरपालिका–०१ स्थीत बिठ्न्नेको खेल मैदानमा सञ्चालन भईरहेको छ। जसमा वडा भित्रका ८ टिमको सहभागि रहेको अम्पायर लोकेन्द्र सिह नेगिले बताए।

प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, द्धित्तिय हुने टिमले १० हजार र तृतीय हुने टिमले ५ हजार पुरुस्कार प्राप्त गर्ने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.