बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटमा सेमिफाइनल प्रवेश गर्ने चारै टोलीको टुंगो लागेको छ। बुधबार भएको क्वाटर फाइनलको अन्तिम खेलमा सहस्त्रलिङ्गसामु पंचकोटीले जित दर्ता गरी सेमिफाइनलमा प्रवेश गरेसँगै चार वटै टोलीको टुंगो लोगेको हो।
पंचकोटीसँगै मेलौली नगरपालिका, टिम क्वालीटी कैलपाल र टिम क्वालीटी दोगडाकेदार शीर्ष चार अर्थात सेमिफाइनलमा प्रवेश गरेका हुन। आजै भएको पहिलो खेलमा पाटन भ्यालीलाई मेलौलीले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको थियो।
दोश्रो खेलमा नागेश्वर युवा क्लबलाई पराजित गर्दै टिम क्वालीटी दोगडाकेदार सेमिफाइनलमा प्रवेश गरेको हो। टिम क्वालीटी कैलपाल मंगलबार नै थालिगडालाई पारजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
भोली बिहिबार फाइनल प्रवेशका लागि दुई खेल हुने छन्। भोली हुने पहिलो खेल टिम क्वालीटी दोगडाकेदार र टिम क्वालीटी कैलपालबीच हुने छ भने दोश्रो खेल पंचकोटी र मेलौलीबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए।
कार्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएका थिए। जारी प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गते हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। द्वितिय हुने टिमले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले म्यान अफ द म्याच स्वरुप २२ हजार२२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी बेष्ट बलर तथा बेष्ट ब्याट्सम्यानले जनही ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।