नगरस्तरीय क्रिकेट: खलंगा च्याम्पियन,देहिमाडौं स्तब्ध

बैतडीको दशरथचन्द नगरपालिकाले आयोजना गरेको नगरस्तरीय टि-२० पुरुष क्रिकेटको उपाधी दनपा ४ ले हात पारेको छ। बुड्डाबाजे खेलमैदान रातामाटामा भएको फाइनल खेलमा दनपा २ लाई २ रनले पराजित गर्दै दनपा ४ ले उपाधी जितेको हो।

उपाधीसंगै उसले नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। यस्तै उपविजेता दनपा २ ले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।

फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दनपा ४ ले १६।१ ओभरमा अलआउट हुँदै ५६ रन बनायो। उसका लागि डम्मर तिरुवाले १४ र प्रदीप चन्दले १३ रनको योगदान गरे।

बलिङतर्फ दनपा २ ऋषिकेश बोहराले ५ र सन्तोष विजलेले २ विकेट लिए। ५७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा २ ले १३।५ ओभरमा अलआउट हुँदै ५४रन मात्रै बनाउन सक्यो। उसका लागि खडक बोहराले १५ र दिपक बोहराले १४ रन बनाए पनि हार टार्न सकेनन्।

बलिङतर्फ दनपा ४ का गोविन्द नाथले दुई विकेट लिए। उनी फाइनल अफ द म्याच घोषित भए। दनपा ४ का प्रदीप चन्द फाइनल अफ दि सिरिज भए। उनले नगद २ हजार २ सय ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। बेस्ट बलरको उपाधी समेत हात पारेका चन्दले नगद १ हजार १२५सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

यस्तै दनपा ५ का सुमन रावल बेस्ट ब्याट्सम्यान भए। उनले नगद १ हजार १२५सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका र दशरथचन्द नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा ११ ओटै वडाका ११ टीमको सहभागिता रहेको थियो।

नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहमा नगर प्रमुख पुष्करराज जोशी ९लख्खाभाइ० प्रमुख अतिथी रहेका थिए। यस्तै भलिबलका प्रशिक्षक हरिसिंह भण्डारी बिशिष्ट अतिथी रहेका थिए। यस्तै समारोहमा वडा अध्यक्ष लगायतका अन्य जनप्रतिनिधिहरु समेत रहेका थिए।

विजेता तथा उपविजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथी, अतिथी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। यस्तै प्रतियोगितामा समापन समारोहमा क्रिकेटका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिएको छ। दनपा ५ का धिरेन्द्र चन्द, दनपा ९ का मनोजराज जोशी, दनपा ५ का जगदीश चन्द, दनपा २ का खडक बोहरा, दनपा ६ का कमलसिंह ऐरी, दनपा ६ का योगेन्द्र कार्की र दनपा २ का दिपक बोहरालाई सम्मान गरिएको हो।

Leave A Reply

Your email address will not be published.