पिपिएल क्रिकेट: टिम क्वालिटी उपाधि नजिक

बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)मा टिम क्वालिटी कैलपाल उपाधि नजिक पुगेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा टिम क्वालिटि दोगडाकेदारलाई १३० रनले हराउदै उपाधि नजिक पुगेको हो।

टिम कैलपालले दिएको २१७ रन लक्ष पछ्याएको दोगडाकेदारले ८७ रनमा अल आउट भयो। दोगडाकेदारका देव चन्दले २४ तथा लोकेन्द्र कार्कीले अविजित १४ रन हिर्काए। कैलपालका लोकेन्द्र बहादुर चन्दले ४ तथा गोपी नाथले २ विकेट लिए।

यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गरेको कैलपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१६रन बनाएको थियो। कैलपालका दिनेश बिष्टले अविजित ७९,प्रदिप चन्दले ४८ तथा राजु भाटले ३८ रन हिर्काए।

सेमिफाइलन भिडेका यी दुवै टिमलाई युवा राजनितिज्ञ तथा समाजसेवि भोज राज जोशी ९क्वालिटी०ले प्रायोजन गरेका हुन्। फाइनल प्रवेशका लागि आजै पञ्चकोटी र मेलौली आमने सामने हुदै छन्। उक्त खेलको विजेताले उपाधिका लागि कैलपालसँग बिहिबार खेल्ने छ।

कार्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएका थिए। जारी प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गते हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितिय हुने टिमले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले म्यान अफ द म्याच स्वरुप २२ हजार२२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी बेष्ट बलर तथा बेष्ट ब्याट्सम्यानले जनही ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Leave A Reply

Your email address will not be published.