बैतडीमा नौ लाख बराबरको अवैध सामान बरामद

बैतडी । भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ९ लाख बराबरको सामान बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।

बरामद गरिएको सामानहरुमा रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो। बरामद गरिएको उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बरामत गरिएको उक्त अवैध सामान महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.