गायक दयालको तिहार गित “बैना तेरा आगन” सार्वजनीक

बैतडी । चर्चित लोक तथा देउडा गायक गोपाल दयालको नयाँ तिहार गित “बैना तेरा आगन” सार्वजनीक भएको छ। दाई बहिनिको प्रेम झल्काईएको गित शुक्रबार गायक दायलले आफ्नै युटूब च्यानलबाट भिडियो सहित सार्वजनीक गरिएको हो।

युवा नेता प्रकाश सिह नायकको प्रस्तुतीमा भिडियो सहित गित बजार ल्याएईको गायक दयालले बताए। गितमा गायक दयालको स्वर रहेको छ। कृष्ण बहादुर चन्द (गिदारा) र ईश्वर चन्दको लय शब्दमा तयार पारिएको गित म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको हो।

तिहारलाई लक्षित गर्दै गित तयार पारिएको जनाईएको छ। मिलन श्र्रेष्ठद्धारा निर्देशन गरिएको भिडियोमा प्रकाश सिह नयाक, निरुता भुजेल, सुनिता कालेकोटी र भिमसेन मैनालीले सुन्दर अभिनय गरेका छन। गित भिडियोलाई हेरेर आवश्यक सल्लाह सुझाव दिन अभिनयकर्ता एवं प्रस्तुतकर्ता नायकले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.