पिपिएल क्रिकेटः बेस्ट विधाका सबै पुरस्कार टिम क्वालिटीका खेलाडीलाई

बैतडीको पाटनमा सम्पन्न तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा टिम क्वालिटी कैलपाललाई ४० रनले पराजित गर्दै मेलौलीले उपाधि उचालेको हो। उपाधीसंगै मेलौलीले प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पराजित कैलपालले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो। पराजित भएपनि बेस्ट विधाका सबै पुरस्कार टिम क्वालिटी कैलपालका खेलाडीले हात पारेका छन्।

No description available.

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कैलपालका प्रदिप चन्द उत्कृष्ट ब्याट्सम्यान सहित म्यान आफ द सिरिज चुनिए। उनले म्यान अफ द सिरिजको २२,२२२ तथा बेस्ट ब्याट्सम्यानको ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी कैलपालकै लोकेन्द्र बहादुर चन्द प्रतियोगिताका उत्कृष्ट बलर चुनिए। उनले ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

मेलौलीले दिएको २१४ रनको लक्ष पछ्याउने क्रममा कैलपालले १८।१ बलमा अलआउट हुदै १७३ रनमा समेटियो। दिनेश बिष्टले ४६रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा कैलपाल पराजित हुन पुग्यो । मेलौलीका नरेन भट्टले ३ विकेट लिए ।

यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको मेलौलीले निर्धारित २० ओभरमा ९ बिकेट गुमाउदै २१३ रन बनायो। मेलौलीका अभिषेक पालले सतकीय पारी खेले उनले ४४ बलको सामना गर्दै एकसय रन बनाए । मेलौलीका नरेन भट्टले ३५ रन बनाए। पहिलो विकेटका लागि नरेन र अभिषेकले १५४ रनको साजेदारी गरेका थिए। कैलपालका प्रदिप चन्दले ३ विकेट लिए।

मेलौलीलाई जिताउन महत्वपूण भूमिका निर्वाह गरेका अभिषेक म्यान अफ द फाइनल चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । विजेता र उपविजेता टोलीलाई पूर्वमन्त्रीद्वय दामोदार भण्डारी, जयन्तबहादुर चन्द, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल ,मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दलगायतले पुरूस्कार वितरण गरे।

पाटन क्रिकेट क्लवको आयोजनामा कार्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.