बैतडीको दोगडाकेदारमा भोलिदेखि क्वालिटी कप क्रिकेट हुदै

बैतडीको दोगडाकेदारमा भोलिदेखि पालिकास्तरीय क्वालिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता श्रीकोट युवा क्लबको आयोजनामा सञ्चालन हुने भएको हो ।

चनैराज खेलमैदान, खोलामा सञ्चालन हुने खेलहरूमा पालिकाभरीका सबै वडाको सहभागीता रहने प्रतियोगिता संयोजक भोजराज जोशी क्वालिटीले जानकारी दिनुभयो।

प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाका खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने संयोजक जोशीको विश्वास रहेको छ ।

Leave A Reply

Your email address will not be published.