बैतडीको पाटन नगरपालिका-८ को पार्श्व चित्र सार्वजनिक

बैतडी-बैतडीको पाटन नगरपालिका-८ ले गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रम गरेको छ । शुक्रबार वडा कार्यालयले आर्थिक वर्ष २०७९र०८० मा गरेका कार्यक्रमहरूको समिक्षा गरेको हो ।

जनप्रतिनिधि, कर्मचारी, टोलबिकासका सस्थाका पदाधिकारी, महिला संजाल, युवा संजाल, राजनीतिक दलका प्रतिनिधिको सहभागितामा गत बर्ष वडा भित्र सन्चालन भएका योजना तथाहरूको समिक्षा गरेको वडाअध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरू मध्ये अधिकाशले वडाभित्र सन्चालन हुने कार्यक्रम तथा योजनाहरूको काम दिगो र पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए । यसका साथै योजनाहरू काम अनुगमनमा पनि सबैले जवाफदेही हुनुपर्ने खोड्पे युवा संजालकि अध्यक्ष निर्मला बिष्टले बताइन् ।

हरेक कामहरूमा सुसासन कायम गर्न सधै पतिवद्व रहेको वडाअध्यक्ष हरिश बिष्टले बताए। सुसासनको क्षेत्रमा काम गरेकै कारण वडा नम्बर ८ ले गत वर्ष ४ लाख ५० हजार ९४३ रूपैयाँ राजस्व संकलन गर्न सफल भएको उनले जानकारी दिए ।

यसैगरी आजै नगरपालिकाको कार्यविधि अनुसार ११ ओटा टोल बिकास गठन गरि उनीहरुलाई सुचिकृत गरेर प्रमाणपत्र समेत बितरण गरेको छ ।

कार्यविधी अनुसार वडासचिवले सुचिकृत गरेका हुन । टोल बिकास सस्थाले सामाजिक धार्मिक सास्कृतिक भौतिक पुर्वाधार निर्माण तथा सुसासन कायम गर्ने क्षेत्रमा काम गर्ने छन् । २५ घरधुरी माथी र एक सय धरधुरी मुनि रहेर टोल बिकास सस्था गठन गरिएको वडाअध्यक्ष बिष्टले जानकारी दिए ।

यस्तै गत वर्षको वार्षिक समिक्षा कार्यक्रममा वडाको पार्श्व चित्र समेत सार्वजनिक गरेको छ । वडाभित्र रहेका सामाजिक धार्मिक सास्कृतिक शैक्षिक र आर्थिक अवस्था लगायतका कुराहरू समेटेर पार्श्व चित्र सार्वजनिक गरेको हो।

वडाभित्रको सम्रग अवस्थालाई समेटेर पुस्तक मार्फत पार्श्व चित्र सार्वजनिक गरिएको वडाअध्यक्ष बिष्टले बताए ।उक्त पार्श्व चित्र मार्फत आगामी दिनमा विकास निर्माण लगायतका काम गर्न सहज हुने वडाकार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.