बैतडी-बैतडीबाट एक जना तीन दिनदेखि बेपत्ता छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड जालाघरका ५८ वर्षीय माधव भट्ट कार्तिक २३ गते बिहीवार रातिदेखि बेपत्ता भएका हुन्।
खाना खाएर घरमा सुतेका भट्ट एक्कासी घरबाट बेपत्ता भएका उनकी बुहारी भागरथी भट्टले बताइन्। रातिको समयमा घरबाट बेपत्ता भएका भट्टको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न सकिएको छैन्। महारुद्र देवताका पूजारी समेत रहेका भट्ट हराएको बिषयमा प्रहरीमा खोजीकार्यका लागि निवेद समेत दिएको उनकी बुहारी भागरथीले बताइन्।