मौलिक देउसी–भैलो खेल्दै मणिलेक माबिको जुनियर रेडक्रस सर्कल
बैतडी । मेलौलीमा मणिलेक माबिको जुनियर रेडक्रस सर्कल देउसी–भैलो खेलिरहेको छ। मेलौलीका बिभिन्न स्थानमा देउसी–भैलो खेलिरहेको जुनियर रेडक्रस सर्कलले मंगलबार सामुदायिक रेडियो मेलौलीको कार्यालय परिसरमा देउसी–भैलो खेलेको हो।
पुरानो संस्कृति झल्काउने उदेश्यका साथ देउसी–भैलो खेलिरहेको देउसीमा सहभागि मणिलेक माबिका शिक्षक रमेश राम पोखरेलले बताए। तिहारमा खेलिने देउसी–भैलोको मौलिकता हराउदै गईरहेकाले मणिलेक माबिको जुनियर रेडक्रस सर्कलबाट देउसी–भैलो कार्यक्रमको आयोजना गरिएको देउसीमा सहभागि मणिलेक माबिका बिद्यार्थी भुपेन्द्र भट्टले बताए।

बर्ष दिनमा आउने तिहारलाई सभ्य/भब्य तरिकाले मनाउदै र संस्कृति सरंक्षणमा टेवा पुगोस् भन्ने उदेश्यका साथ मौलिक देउसी–भैलो खेलेको देउसीमा सहभागि पार्वती परियारले बताईन। सबैसगं भेटघाट, मनोरञ्जन र संस्कृति झल्काउने उदेश्यका साथ देउसी–भैलो खेलेको परियारले भनिन्।
देउसी–भैला मुखले भट्याउै खेलिरहेका थिए। देउसीमा सहभागिहरु बेला बेलामा देउसी भैलोका गितहरुमा रमाईलो तरिकाले नाचि रहेका थिए। मौलिक भैलो खेलिरहेको मणिलेक माबिको जुनियर रेडक्रस सर्कलाई रेडियो मेलौलीले आर्थिक सहयोग गरेको रेडियो मेलौलीका बजार ब्यवस्थापक मंगेश दयालले बताए।