बैतडी-सुदुरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले सुदुरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा एशियाकै लामो गुफा पत्ताल भुमेश्वरको दर्शन तथा अवलोकन गरेका छन् । मन्त्री धामीले शनिबार पत्तालभुमेश्वर गुफाको अवलोकन गरेका हुन् । दार्चुलाबाट बिभिन्न कार्यक्रम सकेर प्रदेशको राजधानी धनगढी आउने क्रममा मन्त्री धामीले सो गुफाको अवलोकन गरेका हुन् । मन्त्री धामीले गुफाको इतिहाँस बारेपनि स्थानिय बाट जानकारी लिएका हुन् ।
अवलोकन गर्दै मन्त्री धामीले पत्ताभुमेश्वर निकै पर्यटकिय सम्भावना बोकोको ठाउँ रहेको बताए । तल गुफा अनी माथी ताल भएको यस क्षेत्रलाई धार्मिक र पर्यटकिय हिसाबले बिकास गर्नुपर्नेमा उनले जोड दिए । ताललाई नैनी तालको जस्तै बिकास गर्नुपर्नेमा जोड दिएका धामीले यसको प्रचार प्रसार संगै बिकासमा समेत तिनै तहका सरकारले हातेमालो गर्नुपर्ने बतानुभयो ।