दिपक राज दिर्घायु
मंसिर २ बिहीबार, २०७८
बैतडी–प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेलाको आज पहिलो दिन रतेडि मेला लाग्दै छ । मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा आजबाट सुरु भएको हो ।
बलि सहितको भव्य जात्रा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्छन। मेलाको आज पहिलो दिन रतेडि र भोली दिउसेडि मेला लाग्ने छ।
मेलालाई सभ्य भब्य र शान्तिपुर्बक सम्पन्न गर्न मेला ब्यवस्थापन समिति, मेलौली धार्मिक सेवा समिति र मेलौली नगरपालीकाले अनुरोध गरेको छ।
साथै मेलाको अवशरमा मेलौली नगरपालीकाले नगर क्षेत्र भित्र २ बिहीबार र शुक्रबार सार्बजनिक बिदा समेत दिएको छ। बिदाको दुई दिन नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था,विद्यालय, वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिएका छन् ।