तीनदिन देखि बेपत्ता रहेका जोशी मृत फेला

बैतडी । तीनदिन देखि बेपत्ता रहेका बैतडीमा एक पुरूष मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका ५ कुमालीका अन्दाजी ४५ वर्षीय नरेश जोशी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयो।

घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका जोशी आईतबार दशरथचन्द नगरपालिका ५ कै मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका हुन्।
जोशीको मृत्युको कारण खुल्न नसकेको भएपनि भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.