बैतडीको शिबनाथ जात्रामा भएको आम्दानी र खर्च सार्वजनीक

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिबनाथ देवालयको मन्दिरमा लागेको जात्रा (शिबनाथकि जाँत) मा भएको आम्दानी र खर्च सार्वजनीक गरिएको छ। मेला ब्यवस्थापन समितिले मेलामा भएको कुल आम्दानी र खर्च सार्वजनीक गरेको हुन।

मेलामा ब्यापारी स्टलहरुबाट १ लाखँ ३८ हजार ६ सय ९१ रुपैया आम्दानी भएको मेला ब्यवस्थापन समिति सचिव तपेन्द्र सिह धनाडीले जानकारी दिए। यसैगरी मेलामा ६८ हजार ६ सय ८२ रुपैया खर्च भएको उनले बताए।

बाकि रहेको ७० हजार रकमलाई शिबनाथ धार्मिक सेवा समितिका अध्यक्ष कर्णसिह धनाडीलाई बुझाईएको मेला ब्यवस्थापन समिति अध्यक्ष बिर धनाडी (सोराडी)ले बताए। उक्त रकमलाई मन्दिर मन्दिर ब्यवस्थापनमा लगाईने शिबनाथ धार्मिक सेवा समितिका अध्यक्ष धनाडीले बताए।

हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडि) र अष्टमीका दिन लाग्ने (दिउसेडि) मेला सम्पन्न भएको छ। मेला शान्त, सभ्य, भब्य र मर्यादीत तवरले सम्पन्न भएको जनाईएको छ। मेलामा दर्शन र पुजापाठ गर्न नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुगेका थिए।

Leave A Reply

Your email address will not be published.