मेलौली देहिजाँतको लागि आजबाट ब्यापारी स्टल लिन सकिने

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजाँत’मा ब्यापार गर्नेहरुको लागि ब्यापारी स्टलहरु खुला गरिएको छ। मेलौली धार्मिक सेवा समितिले आजबाट ब्यापारी स्टलहरु लिन सकिने जनाएको छ।
स्टल लिन चाहने ब्यक्तिहरुले अग्रीम शुल्क बुझाउनु पर्ने जनाईएको छ। हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ यस बर्ष मंसिर १० गते लाग्ने भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए।
देहिजातको रूपमा परिचित मेला बलि सहितको भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।
मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

Leave A Reply

Your email address will not be published.