‘देहिजाँत’को लागि सिङ्गारियो मेलौली भगवती मन्दिर

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरलाई सिङ्गारिएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेलाको लागि मन्दिरलाई सिङ्गारिएको हो।

No description available.

हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्दै छ। सोहि मेलाको लागि मन्दिरमा रगं रोगन लागाउने कार्यदेखि मन्दिर सरसफाई लगायतका बिभिन्न कार्य गरिएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ।

No description available.

देहिजाँतको रूपमा परिचित मेला पशुबलि सहित भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।

मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

No description available.

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

Leave A Reply

Your email address will not be published.