एमालेको संकल्प यात्रा बैतडीको झुलाघाटबाट सुरु हुने

धनगढी-नेकपा एमालले बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गर्ने भएको छ। एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको हो।

बुधवारको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको एमालले बताएको छ।

यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा गर्ने कार्यक्रम तय भएको छ। ओलीले राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरेर उद्घाटन गर्ने एमालेका एक नेताले बताए। समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित हुनेछ।

२१ दिनसम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू टोलीमा रहनेछन्।

Leave A Reply

Your email address will not be published.