सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीलाई मेलौलीमा स्वागत

बैतडी । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी मेलौली पुगेका छन। बिहीबार मेलौली पुगेका जोशीलाई मेलौली नगरपालिकाको कार्यालयमा स्वागत गरिएको छ।

No description available.

प्रदेश प्रमुख जोशीको स्वागतमा बिभिन्न ब्यक्तिहरु सहभागि भएका थिए। मेलौली नगरपालिका नगरप्रमुख भीम बहादुर चन्द, उपप्रमुख पार्वती बोहोरा विष्ट, मेलौली नगरपालिका–०९ का वडा अध्यक्ष लोकराज भट्ट, ०७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, ०५ का अध्यक्ष भरत पुजारा, मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायक, नेपाली काग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्द लगायतका ब्यक्तिहरु सहभागि भएका थिए।

No description available.

प्रदेश प्रमुख जोशीले मेलौली भगवती मन्दिरको दर्शन तथा अवलोकन पनि गर्नुभएको छ।

No description available.

मेलौली नगरपालिका नि–वर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले उग्रतारा पञ्चेश्वर सडक र समग्र मेलौली नगरपालिकाका गौरवका योजनाहरुका बारेमा समेत जानकारी गराएका थिए।

No description available.

स्वागत कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले यस क्षेत्रको बिकासका लागि प्रदेश सरकार र आफुले बिभिन्न निकायसगं समन्वय गर्ने बताएका थिए।

No description available.
यसैगरी प्रदेश प्रमुख जोशीले द्धारीकादेबि ठकुरानी र उद्धब बहादुर चन्दको सालिकमा फुलमाला लगाई माल्र्यापण समेत गरेका थिए। 

No description available.

Leave A Reply

Your email address will not be published.