बैतडी-सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले बैतडीको दोगडाकेदार गाउँपालिका ४ बजगाउँमा रहेको भूमिराज मन्दिरको दर्शन गर्नुभएको छ। पाँचदिने धार्मिक भ्रमणका क्रममा यहाँ रहनुभएका जोशीले बिहीबार भूमिराज मन्दिरको दर्शन गर्नुभएको हो ।
दर्शनअघि नेपाल तरूण दलका केन्द्रीय सदस्य घनश्याम भट्ट लगायतले जोशीलाई स्वागत गर्नुभएको थियो।

दर्शनपछि जोशी बिहीबार नै मालिकार्जुन दर्शनका लागि दार्चुला प्रस्थान गर्नुभएको छ। सोमबार बैतडी पुग्नुभएका जोशीले यसअघि त्रिपुरा सुन्दरी,मेलौली भगवती मन्दिरको पनि दर्शन र पुजाआजा गर्नुभएको थियो।