प्रशिद्ध मेलौली जात्राको लागि दुई दिन सार्वजनिक बिदा

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने जात्रा ‘देहिजाँत’को लागि दुई दिन सार्वजनिक बिदा दिइएको छ। मेलौली नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै यहि मंसिर १० र ११ गतेका दिन बिदा दिने निर्णय गरेको हो।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले जानकारी दिनुभयो।

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए। देहिजाँतको रूपमा परिचित मेला पशुबलि सहित भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।

मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

May be an image of ticket stub and text that says 'मेलौली नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैतडी पत संख्या: ०६०/०5१ चलानी नम्वर: सुदूरपश्चिम प्रदेश, नेपाल मिति: २०५०/ विषय: सार्वजनिक विदा सम्वन्धमा। प्रस्तुत विषय सम्बन्धमा यस मेलौली नगर कार्यपालिकाको मिति २०१० ।05।01 गतेको निर्णय अनुसार यस मेलौली नगरपालिका वडा स्थित मेलौली भगवती मन्दिरमा मिति २०६०।०६। ११ मेला लाग्ने भएकाले मिति २०६० 1१० दिन मेलौली नगरपालिका अन्तर्गतका सवै सरकारी कार्यालय,शैक्षिक संस्थाहरू एवं वैड्ठ तथा वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक विदा दिइएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। सपना कार्की प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत :ito.melauimun@gmail.com website www.melaulimun.gov.np पर्यटन पूर्वाधार, मेलौली विकासको मूल आधार"'

Leave A Reply

Your email address will not be published.