मेलौली ‘देहिजाँत’को अवशरमा नगर–प्रमुख चन्दद्धारा शुभकामना ब्यक्त

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजाँत’ को अवशरमा मेलौली नगरपालीका नगर–प्रमुख भिम बहादुर चन्दले शुभकामना ब्यक्त गरेका छन। शुक्रबार एक शन्देश जारि गर्दै उनले शुभकामना  ब्यक्त गरेका हुन।

मेलालाई सभ्य भब्य तरिकाले सम्पन्न गर्न सबैमा उनले अनुरोध गरेका छन। मेलामा हुने अपराधिक कृयाकलाको नियन्त्रणको लागि मेला अवधिभर जुवा तास तथा मदिराजन्य बस्तु बिक्रि बितरणका साथै सेवन गर्नमा रोक लगाएको मेलौली धार्मिक सेवा समितिको निर्णयलाई सबैले पालना गर्न गरिदिन आग्रह गरेका छन।

मेलामा सुनगडा, अटा, नौघर, हतरंगा र काणा गाउँमा भ्राण (भण्डार) रहेको गाउहरुबाट देउरा आउने गर्दछन। मेलालाई सभ्य भब्य र शान्तिपुर्बक सम्पन्न गर्न मेला ब्यवस्थापन समिति, मेलौली धार्मिक सेवा समिति र मेलौली नगरपालीकाले अनुरोध गरेको छ।

साथै मेलाको अवशरमा मेलौली नगरपालीकाले दुईदिन सार्वजनीक बिदा दिएको छ। नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैँक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने जनाएको छ।

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए। देहिजाँतको रूपमा परिचित मेला पशुबलि सहित भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।

मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

 शुभकामना शन्देश!

May be an image of text

Leave A Reply

Your email address will not be published.