नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ। यात्राको नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो।
अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ। नेकपा एमाले बैतडीले जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा, २०८०’को तयारी तिब्र पारेको जनाएको छ। नेकपा एमालेको जिल्ला कमिटिदेखि पालिका कमिटि, वडा कमिटि, जनवर्गीय संगठनले आवश्यक तयारी थालीसकेको नेकपा एमालेका जिल्ला कमिटिका उपसचिव भण्डारीले बताउनुभयो।
संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिले पनि काम गरिरहेका जनाइएको छ। जनपरिचालनको लागि आवश्यक तयारी थालिएको नेकपा एमाले बैतडीले जनाएको छ।
यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो । यही मंसिर १४ गते झुलाघाट बाट एमाले अध्यक्ष ओलीले बिहान ८ बजे संकल्प यात्राको समुदघाटन गर्नुहुने छ। त्यसपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन,सहीद दशरथचन्द, बलदेब रिचपलेको साकिलमा माल्यर्पणको कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ।
यसैबीच सङ्कल्प यात्रा सफल पार्न बैतडीमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ। बैतडीको अनारखोली देखी झुलाघाटसम्म एक हजार स्वयंसेवक परिचालन गरिने नेकपा एमाले जिल्ला कमिटिले जनाएको छ।
कार्यक्रमलाइ सभ्य र भब्य बनाउन एक हजार स्वयंसेवक परिचालन गरिएको उपसचिव भण्डारीले बताए। बैतडीको अनारखोली देखी झुलाघाट सम्म परिचालन गरिएका स्वयंसेवक हरुको फरक फरक जिम्मेवारी समेत दिइएको छ।
संकल्प यात्राअघि १३ मंसिरमा पाटनमा आयोजना गरिने अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। सोहीदिन देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरु संग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
रा
ष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्न लागेको नेकपा एमालेले जनाएको छ ।