भासियो बैतडी–दार्चुला जोड्ने पुल, आवागमनमा रोक

बैतडी । दार्चुला जोड्ने कर्कले पुल भासिएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका-३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका-रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएको हो।

केहिदिन अघि सो पुलको दार्चुला तर्फको मुख्य पिल्लर भएको ठाउँमा पुरै जमीन भासिएको सवारी चालकहरुले बताएका छन्। पहिराले पुलको मुख्य पिलर तलतिरको जमीन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ।

दुर्घटनाको जोखिम बढेसंगै पुलमा ठुला गाडी आवागमनमा रोक लगाइएको ट्रक चालक शेरसिंह कार्कीले बताउनुभयो। सो पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गण्न्ना लगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाड सम्म आवतजावत गर्ने सवारी साधन यसै पुल भएर गुड्ने गरेका थिए। पुलको तलतिरको जमीन भासिएकाले दुर्घटनाको जोखिम बढेको हो। पुलको समयमै मर्मत सम्भार नहुन्जेलसम्म ठुला गाडी चलाउन रोकिएको छ।
आ

वागमनमा रोक लगाएसंगै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन ठप्प छन्।

Leave A Reply

Your email address will not be published.