बैतडीको प्रशिद्ध मेलौली जात्रा सम्पन्न, ५१ रागाँको बलि

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लागेको मेला ‘देहिजात’ सम्पन्न भएको छ। आईतबारबाट सुरु भएको मेला सोमबार सम्पन्न भएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए।

No description available.

मेलामा ५१ रागाँ र ७१ बोकाको बलि परेको जनाईएको छ। मेला शान्त र मर्यादीत तवरले सम्पन्न भएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ।

No description available.

देहिजाँतको रूपमा परिचित मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुगेको जनाईएको छ। मेलौली भगवती मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन रतेडी र पूर्णिमाका दिन दिउसेडी मेला लाग्ने गर्छ।

No description available.

मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

No description available.

मेलालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्पन्न गर्नमा सहयोग गर्नेलाई मेलौली धार्मिक सेवा समितिले धन्यबाद ज्ञापन गरेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.