बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लागेको मेला ‘देहिजाँत’मा देउडीयाहरुलाई सम्मान गरिएको छ। रोकटा युवा विकास समाजले देउडा खेलमा देउडा हाल्दै गरेका देउडीयाहरुलाई खादा ओढाई सम्मान गरेको हो।

सस्कृतिको संक्षरणमा भुमिका खेलेको भन्दै सम्मान गरिएको रोकटा युवा विकास समाजका संयोजक बम बहादुर चन्दले बताए। देउडा क्षेत्रमा हौसला बढोस र आफ्नो संस्कतिलाई देउडा मार्फत उजागर गरेकाले सम्मान गरिएको उनले बताए।

आउने पिडिले देउडाको महत्व बुझुन भन्ने उदेश्यले देउडीयाहरुलाई सम्मान गरिएको जनाईएको छ। मेलामा लागेका देउडा खेलमा देउडा हाल्दै गरेका देउडीया महिला र पुरुषलाई सम्मान गरिएको हो। रोकटा युवा विकास समाजका जोगेन्द्र चन्द, महेश चन्द जितेन्द्र चन्द र संयोजक बम बहादुर चन्दको समहुले सम्मान गरेको हो।

बिगतका दिनदेखि नै रोकटा युवा विकास समाजले बिभिन्न कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्दै आएको छ। आउने दिनमा सस्कृति बिशेष, बिकास निमार्ण, दुखि पिडितलाई सहयोग र युवाहरु लक्षित कार्यक्रमहरु गर्दै जाने संयोजक चन्दले बताए।
