पिएम कप महिला क्रिकेटः बैतडीमा छनौट सुरु

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीमा छनौट सुरु भएको छ। दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा मंगलबार एक औपचारिक कार्यक्रम गरि छनौट प्रतियोगिताको शुभारम्भ गरिएको छ।

प्रतियोगिताको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले उद्घाटन गर्नुभयो। यस्तै उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सदस्य शेर खत्रीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा बैतडी जिल्ला क्रिकेट संघमा आवद्ध क्लबका खेलाडीहरूको सहभागीता रहेको छ। मंगलबार भएको छनौट खेलमा निङलाशैनी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ।

निङलाशैनीले दिएको ९० रनको लक्ष्य प्रतिष्ठानले १५।१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूबाट प्रारम्भिक टोली घोषणा गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाइने र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनको आधारमा जिल्लाको अन्तिम टोली सार्वजनिक गरिने जनाइएको छ।

जिल्लामा छनौट भएको टोलीले सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटमा सहभागीता जनाउनेछ। प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनौट भएका खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्नेछन्।

प्रदेशस्तरीय छनौट प्रतियोगिता यहि मंसिर २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुदैछ। प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ।

No description available.

Leave A Reply

Your email address will not be published.