बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लागेको मेला ‘देहिजात’को आम्दानी सार्वजनीक गरिएको छ। मेलौली धार्मिक सेवा समितिद्धारा मेलाबाट भएको आम्दनी सार्वजनीक गरिएको हो।
मेलाबाट ३ लाखँ ९ हजार ७ सय ५० रुपैया कुल आम्दानी भएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ। जसमा मेलामा १०५ स्टल र फुटकर ब्यापारीबाट २ लाख ७३ हजार ३९० रुपैया, सेली भेटिबाट १०६५, दानपेटिबाट भेटि संकलन ११८०, सेवा (स्या) दर्ताबाट ३४ हजार ११५ आम्दानी भएको जनाईएको छ।
मेलाबाट आम्दानी भएको रकम मध्ये मन्दिरको पर्खाल भुक्तानी ५६ हजार ६००, मन्दिर परिसर सरसफाई ५ हजार, चौसट्ट सफाई ३ हजार, मन्दिर भित्र परिसार सफाई ९४०, बिजुली बल्भ खरिद ८ हजार, चौकिदारको तलब र मेला ब्यवस्थापनमा भएको खर्च रकम भुक्तानी गरिने जनाईएको छ। बाकि रहेको रकम मेलौली धार्मिक सेपा समितिको बैंक खातामा जम्मा गरिने मेलौली धार्मिक सेवा समितिले जनाएको छ।
मन्दिर अरुपनि थुप्रै काम गर्न बाकि रहेको जनाईएको छ। सबैको सुझाब र समितिको निणर्य अनुसार मन्दिरको मर्मत सम्भार, सौचालय, पानिधारा, भित्रि परिसर पर्खाल मर्मत, घाटहरुको ब्यवस्थापन गर्न आस्थावान र सरोकारवालाहरुबाट आर्थिक सहयोग जुटाईने समेत जनाईएको छ। मन्दिरको बाकि रहेको रकमबाट मन्दिरमा आवश्यक पर्ने सामग्रीको खरिद गर्ने जनाईएको छ।
मेललाई सभ्य भब्य र शान्तिपूर्बक सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई मेलौली धार्मिक सेवा समितिले धन्यबाद ज्ञापन गरेको छ। मेलौली भगवती मन्दिरलाई पर्यटकिय गन्तब्य बनाउनमा सबैले रचनात्मक सहयोग गरिदिन समेत आग्रह गरिएको छ।
देहिजाँतको रूपमा परिचित मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुगेको जनाईएको छ। मेलौली भगवती मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन रतेडी र पूर्णिमाका दिन दिउसेडी मेला लाग्ने गर्छ।
मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।