देशमा सुशासन कायन हुन सकेन: अध्यक्ष ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायन हुन नसकेको आरोप लगाउनुभएको छ। बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरिएको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, देशमा सुशासन,रोजगारी सिर्जना,गुणस्तरीय शिक्षा दिन सकिएको छैन्,।

यसका साथै उहाँले देशमा कमिसनतन्त्र हाबी भएको र कमिसनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताउनुभयो । उहाँले भन्नुभयो,विश्वमा अर्थतन्त्र अगाडि बढिरहेको बेला नेपालको अवस्था बेहाल छ।  आफ्नो नेतृत्वको सरकारको बेला आर्थिक अवस्था मजबुत रहेको भएपनि अहिले बिग्रिएको ओलीको आरोप छ।

हाम्रो देशलाई कमजोर बनाउने शक्तिले एमालेको सरकार ढाल्यो। उहाँले भन्नुभयो,आफ्नो सरकारको बेला थुप्रै विकासका काम भएपनि अहिले सबै सुस्तायो। संकल्प यात्राको बेला देश विकास किन हुन सकेन भनेर स्थानीयसंग छलफल गरिने र देशको विकास एमालेको नेतृत्वमा मात्रै हुन्छ भन्ने सन्देश दिन संकल्प यात्रा गरिन लागिएको बताउनुभयो।

अभिनन्दन समारोहमा कम्युनिस्ट आन्दोलन र विभिन्न समाजिक क्षेत्रमा योगदान गरेका १८६ जनालाई सम्मान गरिएको छ। ओलीले आजै देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरु संग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुनुभयो। एमालेको बिहीबार शुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राञ को उद्घाटनका लागि लागि ओली आज बैतडी आउनुभएको हो।
संकल्प यात्राको ओलीले बिहीबार बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटि सचिव चक्र कार्कीले जानकारी दिनुभयो।

संकल्प यात्राको समुदघाटनपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन,सहीद दशरथचन्द, बलदेब रिचपलेको साकिलमा माल्यर्पणको कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ।

यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो। संकल्प यात्राका क्रममा स्थानीयसंग भेटघाट,सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ।

Leave A Reply

Your email address will not be published.