बैतडी । डिलासैनी गाउँपालिकामा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ। पुस २ गतेदेखि शुरू हुने प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रहेको डिलासैनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख महादेव भट्टले जानकारी दिनुभयो ।
यस्तै द्वितीय पुरस्कार ३१ हजार र तृतीय हुने टोलीले १६ हजार पुरस्कार पाउने जनाइएको छ। डिलासैनी गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार प्रतियोगिताको हुन लागेको हो ।
पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू हरिनगर खेलमैदानमा सञ्चालन हुने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्ट यदुले बताउनुभयो।
प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडीहरू डिलाशैनी गाउँपालिकाभित्रका स्थायी बासिन्दा हुनुपर्ने जनाएको छ।
टीम दर्ताको शुल्क ५ हजार रहेको र दर्ता समय मंसिर ३० देखि पुस १ गतेका लागि खुल्ला गरिएको छ। प्रतियोगिताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो।