एमालेको संकल्प यात्रा बैतडीबाट शुभारम्भ, अध्यक्ष ओलीद्वारा उद्घाटन

बैतडी । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि शुभारम्भ भएको छ। यात्राको नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुभएको नेकपा एमाले बैतडीका जिल्ला कमिटि सचिव चक्र कार्कीले जानकारी दिनुभयो।

शुभारम्भ कार्यक्रममा बोल्नुहुदै अध्यक्ष ओलीले सम्बृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभयो। अस्थिर राजनीतिलाई अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने ओलीको दाबी छ।

संकल्प यात्रा शुभारम्भपछि ओलीले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन,सहीद दशरथचन्द, बलदेब रिचपलेको साकिलमा माल्यर्पणको कार्यक्रम छ। त्यसपछि आजै गोठलापानीमा आयोजना गरिएको आमसभाको ओलीले सम्बोधन गर्नुहुनेछ। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ।

संकल्प यात्राअघि हिजो पाटनमा आयोजना गरिएको अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो। हिजै देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरु संग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुने हुनुभयो। र राति नेकपा एमाले बैतडीको पार्टी कार्यालय पनि ओलीले उद्घाटन गर्नुभयो ।
यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो ।

राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियान आयोजना गरिएको एमालेले जनाएको छ।

Leave A Reply

Your email address will not be published.