बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ र १८ गते सार्वजनिक बिदा

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ र १८गते सार्वजनिक बिदा दिइएको छ । पञ्चेश्वर गाउँपालिका ४ आम्चौरा स्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा शुक्रबार निर्णय गर्दै गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय लगायतमा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

सो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहने गर्दछ ।

Leave A Reply

Your email address will not be published.