बैतडी- बैतडीमा १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका–३गुजरका २१ वर्षीय राजेश लुहारलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो।
लुहारले ती किशोरीलाई मंसिर १० गते राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनले उनलाई पक्राउ गरेको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।