बैतडी — जिल्लाको शिवनाथ गाउँपालीका वडा नं .४ टोटीखालीमा वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । वडा नं.४ को वडा कार्यालयकोे प्राङ्गणमा वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएकोे वडा अध्यक्ष धन बहादुर महताले बताए ।
सोमबार वाट सुरु भएको वडा स्तरीय भलिबल प्रतियोगिता खेलकुद वडा नं ४ को आयोजनामा संचालन गरिएको वडा अध्यक्ष महताले बताउनुभयो । सो प्रतियोगितामा पुरुष तर्फ ११ महिलाका ६ ओटा टिम गरि १७ वटा टिम दर्ता भई सोमबार प्रतियोगिताको उद्धघाटन गरिएको छ ।

दर्ता भएका टिमहरू बिच प्रतिस्पर्धा हुने खेलमा प्रथम पुरस्कार १२ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र, दृतिय पुरस्कार ८ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र व्यवस्था गरिएकोवडा सचिव कालु सिंह महताले बताए ।
वडा अध्यक्ष धन बहादुर महताको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि शिवनाथ गाउँपािलका उपाध्यक्ष सकुन्तला साउँद रहेका थिए ।
