धुरा जात सम्पन्न

बैतडी–बैतडीको प्रसिद्ध धुरा जात सम्पन्न भएको छ । पञ्चेश्वर गाउँपालिका–४ स्थित कैलपाल धुरा मन्दिरमा हरेक बर्षको मंसिर कृष्ण पक्ष षष्ठी र सप्तमी तिथीमा लाग्ने धुरा जात आज सम्पन्न भएको हो ।

आइतबार (हिजो)देखि शुरु भएको जात्रा आज सम्पन्न भएको स्थानीय नारायणराम सार्कीले जानकारी दिनुभयो ।

धुरा जातमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको सहभागिता रहेको थियो । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको पञ्चेश्वर गाउँपालिका वडा नं ४ का अध्यक्ष जनकबहादुर चन्दले बताउनुभयो ।

धुरा जातको अवसरमा पञ्चेश्वर गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको थियो । यस्तै जात्राको अवसरमा देउडा प्रतियोगिता समेत सम्पन्न भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्नाका लागि जात्राको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष चन्दले बताउनुभयो ।

जात्रालाई व्यवस्थित बनाउन जात्रा अवधिभर मेलास्थल र आसपासका क्षेत्रलाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

धुरा जातलाई स्थानीयहरुले आपसी भेटघाट र सदभावको जात्राको रुपमा लिने गरेका छन् । यो जात्रामा टाढाका आफन्तहरुसंग समेत भेटघाट हुने गरेको स्थानीय प्रिया चन्दले बताइन् ।

 जात्रामा स्थानीय उत्पादनको समेत विक्रि वितरण हुने गरेको छ । स्थानीयस्तरमा उत्पादन विभिन्न वस्तु र सामग्रीहरुको कारोबार हुने भएकाले आर्थिक हिसाबले समेत यो जात्रा निकै महत्वपूर्ण रहेको स्थानीय विरेन्द्र भट्टलेबताउनुभयो ।

यस्तै जातको अवसरमा देउडा प्रतियोगिता पनि सम्पन्न भएको छ ।उक्त देउडा प्रतियोगितामा राम दत्त जोशी प्रथम द्धितिय धनबीर मात्तर तृतिय राजु साउद सान्त्वना कमला चन्द भएका छन ।प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, दोश्रो हुनेलाई १५ हजार, तेश्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.