बैतडी-बैतडी प्रहरीले भन्सार छली गरि भारतबाट ल्याइएको बेवारिसे सामान बरामद गरेको छ। बैतडीका प्रहरी प्रमुख,प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार ६५ हजार ६७० मूल्य बराबरको सामान बरामद गरिएको हो ।
भारतबाट भन्सार छलि गरि सामान ल्याइरहेको विशेष सूचनाको आधारमा दशरथचन्द नगरपालिका १० बाट उक्त सामान बरामद गरिएको हो ।
समला,तेल, घण्टी, चकलेकलगायको सामान बरामद गरिएको हो ।
बरामद गरिएको उक्त सामान कस्को हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।
उक्त सामानलाई प्रहरीले महाकाली भन्सार कार्यालय,झुलाघाट बुझाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।