स्वर्ण पदक विजेता कलौनीलाई शिवनाथ गाउँपालिकाद्वारा नगदसहित सम्मान 

बैतडी –बैतडी घर भएका खेलाडी राजेन्द्रप्रसाद कलौनीलाई शिवनाथ गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । शिवनाथ गाउँपालिका ३ घर भएका कलौनीले गत भदौमा भारतको चेन्नईमा सम्पन्न भएको साउथ एसीयन लाठी स्पोटर्स एण्ड मार्सल आर्टमा प्रथम हुँदै नेपाललाई स्वर्ण पदक दिलाएका थिए।

स्वर्ण पदक विजेता खेलाडी कलौनीलाई नगद २५ हजारसहित गाउँपालिकाका तर्फबाट सम्मान गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीका अध्यक्ष समेत रहेका कलौनीले जापान कराते डो–कोसीकाइ सितेरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका थिए ।

खेल क्षेत्रबाट शिवनाथ गाउँपालिकाको नाम उचो राख्न सफल भएको भन्दै पालिकाले खेलाडी कलौनीलाई नगद पुरस्कारसहित सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए ।

पालिकाले गरेको सम्मानले आफूलाई खेल क्षेत्रमा अझै लाग्ने प्रेरणा मिलेको खेलाडी राजेन्द्रप्रसाद कलौनीले बताए ।

Leave A Reply

Your email address will not be published.