बैतडी– बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज निङलाशैनी क्रिकेट क्लब(एनसीसी) र कालाशैनी क्रिकेट क्लब भिडिरहेका छन्।
दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर कालाशैनीले ब्याटिङ गरिरहेकाे छ।
यसअघि एनआरवाइसी टिम सेमिफाइनलमा पुगिसकेको छ।
बैतडी जिल्ला क्रिकेट संघकाे आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टाेलीकाे सहभागीता रहेकाे छ।
प्रतियोगितामा सहभागी हुने १३ टाेलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयो ।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।
विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले बताउनुभयाे।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।
१९ औं संस्करणको उपाधि पञ्चकाेटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेकाे थियो ।