बैतडी-गत असोजमा बेपत्ता भएकी बैतडीको सुर्नया गाउँपालिकाकी कल्पना महराको शव भेटिएको छ । सुर्नया गाउँपालिका ८ घर भएकी २० बर्षीया कल्पना महराको सोही वडाकाृ कैलपाल सामुदायिक वनभित्र शव फेला परेको प्रहरील जनाएको छ ।
असोज २५ गते घरबाट गोठालो गएकी कल्पनाको स्थानीय तथा प्रहरीले खोजी गरिरहेको थियोा । कल्पना रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेमबिक्रम केसीले जानकारी दिए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।