जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको गाउँघर क्लिनिकबाट ९३ जनाले सेवा लिए

बैतडी-जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीले आयोजना गरेको गाउँघर क्लिनिक बाट ९३ जनाले सेवा लिएका छन । वडा नम्बर ३ को पुडिलमा आयोजना गरिएको कार्यक्रमबाट ६० जना महिला र ३३ जना पुरुष गरि ९३ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले जानकारी दिनुभयो ।
गाउँघर क्लिनिकबाट सेवाग्राहीलाई बातब्याधी, अम्लपित्त, उच्चरक्त चाप स्वासप्रस्वास, स्त्रीरोग लगायत नसर्ने रोगहरुको चेकजाँच गरिएको तथा औषधि वितरण गरेको उहाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.