नेविसंघ बैतडीको कार्यवाहक अध्यक्षमा चन्द

बैतडी –नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी केशवबहादुर चन्दले पाएका छन् । नेपाल विद्यार्थी संघ बैतडीको सचिव रहेका चन्दलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७३ अनुसार चन्दलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको नेविसंघका बैतडी अध्यक्ष कपील केसीले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

चन्दको कार्यकालमा नेविसंघ अझै गतिशील र सशक्त हुने अपेक्षा समेत गरिएको छ । संघले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने कार्यवाहक अध्यक्ष केशवबहादुर चन्दले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.